विजयपुर । आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा न्यूजिल्याण्डले टस जितेर पहिला बलिङ रोजेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भर्खरै भएको टसमा न्यूजिल्याण्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । यससँगै भारतले पहिला ब्याटिङ गर्नेछ ।

भारतको टोलीको कप्तानी सूर्यकुमार यादवले सम्हाल्ने छन् भने विकेटकिपरको जिम्मेवारी सञ्जु सैमसनले लिएका छन् । भारतको प्लेइङ–११ मा अभिषेक शर्मा, सञ्जु सैमसन, इशान किशन, सूर्यकुमार यादव, तिलक बर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, अर्शदीप सिंह, वरुण चक्रवर्ती र जसप्रित बुमराह रहेका छन् ।

न्यूजिल्याण्ड टोलीको विकेटकिपर टिम सेइफर्ट रहेका छन् । न्यूजिल्याण्डको प्लेइङ–११ मा फिन एलेन, टिम सेइफर्ट, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल स्यान्टनर, जेम्स निशाम, म्याट हेनरी, लोकी फग्र्युसन र जेकब डफी रहेका छन् ।

दुवै टोली बलियो भएकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । भारतले सेमिफाइनलमा दुई पटकको विश्वकप विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो भने यता न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो । रासस