हङकङ ।  यहाँस्थित ओभरसिज नेपाली वर्कस एसोसिएसनको ११ औँ अधिवेशन आइतबार सम्पन्न भएको छ । 

हङकङको जोर्डनमा सम्पन्न कार्यक्रममा नयाँ कमिटी गठन गरिएको छ । संयोजकमा पूर्णिमा शाहलाई चयन गरेको छ । 

यस्तै उपसंयोजकमा मिङ्मा शेर्पा, संरक्षकमा युनिता गुरुङ र राम खड्का रहेका छन् । 

hongkong_pic (2) 

यस्तै सदस्यहरूमा यस्तै सदस्यहरूमा सानु सुब्बा, पूर्णिमा प्रधान, जुना लामा, नमिता प्रधान, लीला निरौला, निलम शेर्पा, चन्द्रा, अर्पना शर्मा, पुष्पा सुब्बा, नन्दिता राई रहेका छन् । 

यस्तै स्वयम्‌सेवकमा बिनी लामा राई, अरुणा शर्मा र सरुना भुजेल रहेका छन् । पूर्णिमा शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनिता गुरुङले शुभकामना दिइन् । कार्यक्रमको सञ्चालन मिङ्मा शेर्पाले गरेका थिए ।