धरान । लायन्स इन्टरनेसनल ३२५ सीले सुनसरीको इनरुवा–३ सखुवागाछीस्थित जनता प्रा.वि.का विद्यार्थीहरूलाई स्वेटर वितरण गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच लायन्सले एक सय २६ जना विद्यार्थीहरूलाई स्वेटर वितरण गरेको हो । स्वेटर वितरण कार्यक्रमका प्रमुख लायन्स क्लब अफ धरान विजयपुरका पूर्व अध्यक्ष चन्द्रमाया लिम्बूको प्रायोजनमा स्वेटर वितरण गरिएको हो ।
करिब ७५ हजार मूल्य बराबरको स्कुल पोसाकसँग मिल्दो स्वेटर वितरण गरिएको थियो । कार्यक्रममा लायन्सका प्रमुख डिस्ट्रिक गभर्नर बजरजङ थापा, निवर्तमान डिस्ट्रिक गभर्नर विकास अधिकारी, इनरुवा–३ का वडाध्यक्ष रमेश श्रेष्ठलगायतको उपस्थितिमा वितरण गरिएको लायन्स इन्टरनेसनल ३२५ सीका पूर्व डिस्ट्रिक गभर्नर धीरज गुरुङले जानकारी दिए । कार्यक्रमको संयोजकको रूपमा पनि उनी नै रहेका थिए ।

































