श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस २४ गते बिहीबार, ८ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ कृष्णपक्षको पञ्चमी तिथि भोलि ०७ः२५ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वफाल्गुनी १२ः४२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रचनात्मक काममा जुट्ने समय छ। अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दोहो¥याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दीर्घकालीन महŒवका काममा निर्णय लिन हतार नगर्नु होला।परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव कमजोर बन्न सक्छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पु¥याउनु होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको लाभ अरूले उठाउन सक्छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। किनमेलमा केही रकम खर्च हुने सम्भावना छ।
































