धरान । विश्वकर्मा कल्याण सेवा समिति धरानले सबैभन्दा बढी अक्षय कोषदातालाई सम्मान गरेको छ ।
सोमबार समाजको ३४ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनका प्रमुख अतिथि अइन्द्रविक्रम बेघाले अक्षय कोषदाता शुभद्रा विश्वकर्मा, लालबहादुर विश्वकर्मा र रेणुका विश्वकर्मालाई दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरे ।
शुभद्राका श्रीमान् तथा लालबहादुर र रेणुका बुबा मङ्गलसिंह विश्वकर्माको नाममा ‘मङ्गलसिंह छात्रवृत्ति’ अक्षयकोष स्थापना गरेका थिए । उनीहरूले सबैभन्दा बढी १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोष प्रदान गरेको समाजका अध्यक्ष खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
अधिवेशनले घमासिंह बराइलीको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मीरा बराइली, महासचिवमा वलिन्द्र बराइली, कोषाध्यक्षमा ललन जनकर्मी र सचिवमा कला साहशङ्कर निर्वाचित भएका छन् ।
































