धरान । मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित सडकमा बसको ठक्करबाट एकजना साइकल यात्रीको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जाँतेबाट लेटाडतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४७०७ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिँदा सोही नगरपालिका–९ का ५४ वर्षीय योगेन्द्र थापाको मङ्गलबार बिहान निधन भएको हो ।
उनी ठक्करबाट गम्भीर घाइते बनेका थिए । उनलाई न्यूरो अस्पताल विराटनगरमा उपचारको लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
































