बराहक्षेत्र/निभेको चुलो बाल्ने अभियान ले दशैं तिहार र छठ पर्वको अवसरमा साविक बराहक्षेत्रमा विपन्न परिवार लाई खाध्य सामाग्री उपलब्ध गराएको छ ।
अभियान समुहले सोमबार वडा १ र २ का भण्डारीटार,खारखोला, बगुवा, विचपानी, पुतलीटोल, खहरे र गैरी टोलका बीस विपन्न, एकल महिला र पुरुष लाई तीस हजार रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको अभियान समुहका संयोजक प्रेम घिमिरेले बताए ।
प्रत्येक लाई २५ किलो चामल, दाल एक किलो तथा खानेतेल र नुन एक एक पोका वितरण गरिएको संयोजक घिमिरेले बताए ।
राहतको लागि बाईस जनाले चन्दा दिएका थिए । अभियान समुहले स्थानीय समाजसेवी पर्शुराम कार्कि ढोली,बृजनन्दन साह,महेन्द्र तामाङ्ग, केशव राई र स्थानीय पत्रकारले सघाएका थिए ।
५ वर्ष अगाडि कोरोना भाईरस कोभिड संक्रमण देखि शुरु गरिएको अभियानले अहिले सम्म लाखौं रुपैयाँ रुपैयाँ बराबरको राहत उपलब्ध गराएको भन्दै ‘निभेको चुलो अभियान’ को उल्लेखनीय मानविय कार्य उत्कृष्ट भएको समाजसेवीद्वय कार्की ढोली र साहले प्रशंसा गरे ।