वराहक्षेत्र । माटोको ढिस्कोले पुरिएर उदयपुरको त्रियुगा नगरपालिकामा एकको ज्यान गएको छ ।
नगरपालिकाको वडा ३ चाँप बगरटोल शङ्कर राईकी पत्नी २४ वर्षीया रमिला राईको आइतबार बिहान ११ बजे माटोको ढिस्कोले पुरिएर ज्यान गएको उदयपुर जिल्ला प्रहरी कार्यालय गाईघाट प्रवक्ता डिएसपी केदारमान दोङले बताए । घर लिप्नका लागि स्थानीय गेरुवाई खोला नजिकै माटा खन्दै गर्दा उनलाई ढिस्कोले पुरेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।