धरान । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले ‘करोडपति योजना’ सार्वजनिक गरेको छ । 

‘सधैँ अन करोडपति’ योजना आइतबारबाट सञ्चालनमा ल्याएको हो । आइतबारबाट सुरु भएको योजना १२ सातासम्म सञ्चालन हुने जनाइएको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दामाथि नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिएको अवस्थामा सहभागी भएको मानिनेछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुने जनाइएको छ ।

“यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि हामीले यो यति ठूलो योजना सञ्चालनमा ल्याएका छौं । सबैलाई सधैँ सहज, सुलभ सेवामार्फत् जोडीराख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो ‘सधैँ अन’ पहल अन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौँ । १ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विशेष बनेको छ”–एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।

ग्राहकहरूले ८१२३३ डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत् एनसेल सेवाहरू लिनसक्ने जनाएको छ । ग्राहकहरूले एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस्तै हरेक साता १० जना भाग्यशाली ग्राहकलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गर्ने जनाएको छ । उक्त नगद पुरस्कारको योजना १२ सातासम्म जारी हुने एनसेलले जनाएको छ । प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरूप प्राप्त गर्ने जनाइएको छ ।