धरान । सुँगुरको मासु खाँदै गर्दा घाँटीमा मासु अड्किएर धनकुटा महालक्ष्मी नगरपालिका–९ मूर्तिढुङ्गाका एक वृद्धको मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिका–९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो । उनको विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार गत जेठ २१ गते राति मासु खाँदै गर्दा लिम्बूको घाँटीमा मासु अड्किएको थियो । अचेत अवस्थामा तत्काल उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै शुक्रबार राति १०ः२५ मा उनको मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।
उनलाई ९ दिनसम्म अस्पतालमा उपचार गरिएको थियो । पोष्टमार्टमलगायत अन्य कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।