Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

alt
  • जेठ २५, २०८२
  • रासस

काठमाडौँ।काठमाडौँ उपत्यकामा सडक विस्तारमा परेका घरजग्गाको मूआब्जा दिने विषयमा छलफल सुरु भएको छ।


उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकालाई कानूनअनुसार मुआब्जाको प्रक्रिया अघि बढाउने विषयबारे छलफल गरेको बताएका छन्।

मन्त्रालयमा आज भएको छलफलमा उपप्रधानमन्त्री सिंहले सर्वाेच्च अदालतको फैसला बमोजिम मूआब्जा दिनुपर्ने जग्गाको विषयमा काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग जानकारी लिँदै अदालतको फैसला कार्यान्वयनमा अघि बढ्न निर्देशन दिनुभएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले जानकारी दिएका छन्।

उपप्रधानमन्त्री सिंहको सक्रियतासँगै वर्षाैदेखि मुआब्जा कुरिरहेका काठमाडौँ उपत्यकावासीको माग सम्बोधनको दिशामा अघि बढेको छ।अहिले साँखु सडक खण्ड, धोबिखोला, कलङ्की–नागढुँगा सडक खण्ड, डिल्लिबजारसहितका स्थानमा सडक विस्तारमा परेका स्थानीयले घरजग्गाको मूआब्जा पाएका छैन्।

विसं २०६८ देखि २०७५ सालसम्म अधिग्रहणमा परेर मूआब्जा नपाउनेहरु क्षतिपूर्तिको माग गर्दै सर्वाेच्च अदालत पुगेका थिए। सर्वाेच्चले अधिग्रहणमा परेका जग्गाको क्षतिपूर्ति दिन भनी आदेश दिएको थियो। तर हालसम्म अदालतको आदेश कार्यान्वयन नहुँदा घरजग्गा गुमाएका सर्वसाधारण मारमा परेका छन्।

उपप्रधानमन्त्री सिंहको चासोसँगै अब सडक विस्तारमा घरजग्गा गुमाएकाहरूले छिट्टै क्षतिपूर्ति पाउने छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त सुवास बस्नेतले काठमाडौँमा मात्रै २०७५ सम्म १३ सय परिवारले क्षतिपूर्ति लिइसकेको र ८१५ परिवारले क्षतिपूर्ति लिन बाँकी छ।

“अदालतबाट फैसला भइसकेको घरजग्गाको मूआब्जाको विषय अघि बढाउन उपप्रधानमन्त्री सिंहले निर्देशन दिएका छन्। फैसला भएका घरजग्गाको विषयमा प्राधिकरण अब अघि बढ्छ”, विकास आयुक्त ढकालले भने। जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा प्राप्ति, मुल्याङ्कन प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था रहेको छ।
सम्बन्धित समाचार
नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसेका डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टर ...

मोरङमा बढ्दो हात्ती आतङ्क, छैन व्यवस्थापनको योजना

विराटनगर । पछिल्लो समय मोरङमा मानव र हात्तीबीचको द्वन्द्वको बढेर गएको छ । ह ...

जङ्गल क्षेत्रमा मोबाइल नेटवर्क विस्तार

काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक–खण्डको जङ्गल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसेका डाक्टरको मृत्यु
मोरङमा बढ्दो हात्ती आतङ्क, छैन व्यवस्थापनको योजना
जङ्गल क्षेत्रमा मोबाइल नेटवर्क विस्तार
लागूऔषधसहित धरानबाट पाँच पक्राउ
प्रतिष्ठानमा फोक्सोको क्यान्सरको नयाँ प्रविधिबारे छलफल
दुई पाङ्ग्रे चालकसँग सडकमै ‘दुई मिनेट’ संवाद
आजको राशिफलः २०८२ साल पुस ६ गते आइतबार
बम पड्काउने लाइभ अन्तरवार्ता दिएका थिए निलम्बित उपाध्यक्षले
पितृश्राद्ध स्थलको पार्किङ व्यवस्थापनमा छैन चासो
एकतर्फी प्रेमले बुनिएको अपराध
सङ्घीयताको मर्म बुझौं
आजको राशिफलः २०८२ साल पुस ४ गते शुक्रबार
एक्सपेल फिर्ता लिन हात्तीसारका स्ववियु सचिवको प्रशासनलाई बारम्बार दबाव
सुनचाँदीको मूल्य बढेकोबढ्यै
फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved