धरान । हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर लेखकले राष्ट्रिय फुटबल टोलीका सदस्यसँग भेटघाट गरेकाछन्।
बुधबार काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्य दूत डा. लेखकले हङकङसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिए । महावाणिज्यदूत भएर गए पछि पहिलाे पटक सार्बजनिक कार्यक्रम मा सहभागी भएका डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागत गरिरहँदा आफैपनि उत्साहित भएको बताए ।
नेपालका राष्ट्रिय खेलाडीहरूलाई हङकङमा भेट्न पाउदा आफू ज्यादै खुसी भएकाे बताउँदै भने, “मेरो पनि नेपाली फुटबल टाेलीलाई ठूलो समर्थक रहेकाले नेपाली टोलीलाई जितको शुभकामना छ। मेरो शुभेच्छा सधै टोलीको साथमा रहेको छ । हामीलाई आशा भोलीको खेलमा हाम्रो नै जित हुनेछ ।”
हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार टङ्क रानाले बिहीबार हुने खेलका लागि धेरै भन्दा धेरै नेपालीलाई स्टेडियमसम्म ल्याउने विश्वास दिलाए । कार्यक्रममा टोली ब्यवस्थापक टङ्कलाल राईले खेलाडी परिचय र टोलीको कार्यक्रमबारे जानकारी गराएका थिए । हङकङ सरकारद्वारा बिहीबार आयाेजना भएकाे साे मैत्रीपुणे खेलमा नेपाल र हङकङबीच बराबरीमा टुङ्गिएकाे थियाे ।
यसै हप्ता चिनियाँ विदेश मन्त्री काे निमन्त्रणाामा नेपालकी विदेश मन्त्रीडा आरजु राणा हङकङ पुगेकी थिइन्। परराष्टमन्त्रालयका पदाधिकारी र नवनियुक्त राजदूतसहित चिनियाँ मन्त्रीहरूकाे भेटमा दुई देशबीच आपसी सम्बन्ध सुदृढ गदै् व्यापार ,पर्यटन क्षेत्रकाे विकाशका लागि आपसी छलफल गरिएकाे बताइन्छ ।