इटहरी । सुनसरीको इटहरी लगायत आसपासका क्षेत्रहरूबाट पछिल्लो समय दिनदहाडै मोटरसाइकल चोरीका घटना बढन थालेका छन । घर अघाडी पार्किङ गरेको होस या सार्वजनिक स्थानमा राखिएको मोटरसाइकलहरू हराउन थालेको पीडितहरू बताउछन् । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ जुडी टोलबाट गत बैशाख ८गते सेनामाकार्यरत अबिनय अन्छङ्वो मोटरसाइकल हराएको र तत्काल प्रहरीमा उजुरी गरेपनि हाल सम्म फेला नपरेको पीडित बताउछन। घुम्न गएको बेला मोटरसाइकल पार्किङ गरेकै ठाउबाट हराएको र अहिले सम्म पनि फेला नपरेको पीडित अवीनय बताउछन्।
इलाका प्रहरी कार्यालय इटहरीको अनुसार चालु आर्थिक वर्षको १० महिना अवधीमा २१ वटा मोटरसाइकल हराएको छ। हराएका मध्ये अहिले सम्म ८ वटा मात्र मोटरसाइकलहरू फेला परेको इटहरी प्रहरीका प्रहरी निरिक्षक महेन्द्र पराजुलीले बताए ।मोटरसाइकल फेला परेपनि चोरिमा संलग्न २ जनालाइ मात्र पक्राउ गर्न सफल भएको प्रहरी भनाइ छ।
प्रहरी तथ्यांक अनुसार भदौंमा एक, असोज र चैतमा दुई–दुईवटा मंसिर, पुस, फागुन र वैशाख महिनामा तीनवटा मोटरसाइकल हराएका छन्। सबैभन्दा बढी २०८१ माघ महिनामा ४ वटा मोटरसाइकल हराएको तथ्यांकमा उल्लेख छ। हराएका मध्ये ८१ माघमा एक, फागुनमा २ वटा र ८२ वैशाखमा दुई वटा मोटरसाइकल भेटिएको इटहरी प्रहरीले जनाएको छ। त्यस्तै ८२ ज्येस्ठमा प्रहरीलाइ मोटरसाइलक खोजीमा सफलता मिलेको तथ्यांकले देखाउछ। ज्येस्ठको १५ दिन भित्र प्रहरीले हराएका तीनवटा मोटरसाइकलहरू फेला पारेको जनाएको छ।
चोरि भएका मोटरसाइकलहरू मोडिफाइ गरेर नेपालको बिभिन्न जिल्लामा लगेर सर्वसुलभ मुल्यमा बिक्री हुने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको इटहरी प्रहरी निरिक्षक महेन्द्र पराजुलीले बताए । पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेसंगै प्रहरीले संवेदनशिल क्षेत्रहरूमा विशेष निगरानी गर्न सिभिलमा प्रहरीहरू खटाउने गरेको प्रहरी निरिक्षक पराजुलीले बताए।