इटहरी। बढदो बेथीति, चरम अनीयमिता र भ्रस्ट्रचारलाइ मुख्य बिषय बनाउदै नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)नगर कमिटिले उपमहानगरलाई २३ बुदे सुझाव सहित बिभिन्न मागहरू राख्दै ज्ञापन पत्र बुझाएको छ। समाजवादीका प्रतिनिधिहरूले बुधबार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यतालाई बलियो बनाउँदै सुशासन, पारदर्शिता र जन उत्तरदायीत्वका पक्षमा २३ बुँदे माग तथा सुझाव सहितको ज्ञापनपत्र इटहरी उपमहानगरलाई  बुझाएको हो।

नगर समितिका संयोजक गौरिमान परियारको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले इटहरी उपमहानगरको समसामयिक प्रशासनिक, आर्थिक, सामाजिक र पूर्वाधार सम्बन्धी विषयमा देखिएका कमी कमजोरी प्रति ध्यानाकर्षण गराउँदै तत्काल सुधारको माग सहित २३ बुदे सुझाव उपमहानगरकी कार्यवाहक मेयर संगिता कुमारी चौधरीलाइ बुझाएका हुन ।

समाजवादिले इटहरी क्षेत्रमा भएका बिकाश निर्माणमा खर्च भएको रकमको पारदर्शिता, नगरवस ल्याउदा उत्पन्न विवाद तथा अनीयमितताको चर्चालाइ टुंगोमा ल्याउन माग गरेको छ। उपमहानगरलाइ कर्मचारी भर्ती केन्द्र बनाएर नगरवासिहरूलाइ करको भार बोकाउने काम बन्द गर्न, अनावस्यक कर्मचारी हटाउन तथा अस्पताल र विद्यालयमा देखिएको नीतिगत भ्रष्टाचार, खर्चमा अपारदर्शिता कृषि क्षेत्रमा सहुलियत जस्ता विविध विषय उठान गरि सुझाव सहितको ज्ञापन पत्र बुझाएको समाजवादि जिल्ला सदस्य झलक बनले बताए । 

विशेषगरी विद्युत बस खरिद, अस्पतालमा सीटी स्क्यान जडान, खोलामा तटबन्ध, शिक्षामा गुणस्तर सुधार, पारदर्र्शी बजेट तर्जुमा लगायतका बिषयलाई प्रमुख प्राथमिकताकामा राखेर काम गर्न उपमहानगर नेतृत्वलाइ सुझाव दिइएको बनले बताए।

नेकपा (एकीकृत समाजवादी)ले   ज्ञापन मार्फत वर्तमान व्यवस्थाको कमजोरीहरूलाई सुधार गर्दै इटहरीलाई समावेशी, उत्तरदायी र जनमुखी प्रशासन मार्फत समुन्नत नगर बनाउने तर्फ अग्रसर हुन स्थानीय सरकारलाई ध्यानाकार्षण गराएको समाजवादीका प्रदेश कमिटी सदस्य रमेश खत्रीले बताए ।

ज्ञापनपत्र वितरण कार्यक्रममा समाजवादीका प्रदेश कमिटी सदस्यहरु केवल फुयल,गणेश बुढाथोकी,कमला दुलाल लगायतको सहभागिता रहेको थियो। समाजवादिले बुझाएको ज्ञापन पत्र लिइदै कार्यवाहक मेयर संगीता कुमारी चौधरीले आगामी बजेट निर्माण प्रक्रियामा इटहरीका सबै राजनीतिक दलको सुझाव समेटेर अघि बढ्ने बताइन। साथै विकाश निर्माण देखि बिभिन्न योजनाहरूमा पनि सबैको सल्लाह सुझाव लिएरै अघि बढ्ने प्रतिवद्धता जाहेर गरिन ।