झापा। झापाको भद्रपुर नगरपालिका–४ स्थित मकैबारीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–४ बद्रीगाउँस्थित मकैबारीमा भद्रपुर–२ सोमबारेका अन्दाजी ५० वर्षीय भूवनसिंह जोगी मृत भेटिएको हो । निलो रङको हाफ पाइन्ट, कालो भेष्ट र बाँया हातमा घडी लगाएको, उत्तानो परेको अवस्थामा स्थानीयले आइतबार बिहान प्रहरी चौकी महेशपुरमा जानकारी गराएका थिए ।

प्रहरी चौकी महेशपुरबाट असइ रविन खड्काको कमाण्डमा पुगेको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट पनि प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ । मृतक जोगी वैशाख २५ गतेबाट घरबाट हिँडेको परिवारले जनाएको प्रहरीको भनाइ छ ।