धरान / खस समाज प्रतिष्ठान नेपाल धरान उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनले विजय घिमिरेको अध्यक्षतामा नयाँ समिती गठन गरेको छ ।
शनिवार भएकाे अधिबेशनले बरिष्ठ उपाध्यक्षमा खगेन्द्र कुँवर, उपाध्यक्षमा डिवि विष्ट र श्याम कार्की, सचिवमा ज्ञानेन्द्र वस्नेत, सहसचिवमा राजेन्द्र कार्की, कोषाध्यक्षमा फणीन्द्र कार्की र सहकोषाध्यक्ष, तुलसा कटुवाल निवौचित भएका छन् ।
सदस्यहरुमा भुमिका कार्की, तिर्थ दाहाल, किरण थापा, अर्जुन खड्का, रेखा कार्की, मान बहादुर कटुवाल, विशाल जङ कटुवाल, उमा पराजुली, मदन कार्की, पदम बस्नेत, मेघराज पौडेल, मेघनाथ थापा, उत्सव कटुवाल, गग्गा माया कुवर, आशिष् कटुवाल, मीन बहादुर दाहाल, इन्द्र कुवर, कमला खड्का, वृर्ख बहादुर बस्नेत, विद्या खडका, माया विष्ट र गोपाल पौडेल सदस्यमा निर्वाचन भएका छन् ।
खस समाज प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष विनेशकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व नगर प्रमुख कुमारबहादुर कार्की रहेका थिए । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेत, संयुक्त खस क्षेत्री नेपाल वरिष्ठ उपाध्यक्ष प्रताप कुमार थापा, खस अभियन्ता तथा अग्रज पत्रकार किशोरकुमार कार्की, धर्मराज खड्का, योगेन्द्र क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।
































