धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा फेरि एक पटक आयोजक धरान फुटबल क्लब सडन डेथमा पराजित हुँदै अभागी सावित भएको छ ।
धरान रंगशालामा आइतबारको खेलमा पाहुना टोली युकेएफसी भारतको टिमसँग आयोजक घरेलु दर्शकसामु लज्जित बन्नु परेको हो । आयोजकले हालसम्म बूढासुब्बा उचाल्न नसकेकोमा क्लबले आलोचना खेप्दै आएको थियो । फेरि पनि एकपटक आयोजकले उपाधि जितेर इतिहास रच्ने सपना पूरा नभएको हो ।
जसमा आयोजकबाट सातौ पेनाल्टी प्रहार गरेका मनोज राईको बेल माथिल्लो बारबाट बाहिरियो । त्यही बल नै पाहुना टोलीका लागि सेमिफाइलनमा पुग्ने अवसर सावित भएको छ । जसमा म्यान अफ दी म्याच खेलाडी हेमराज भुजेलले सातौ पेनाल्टी प्रहार गर्दै अन्तिम चारमा पु¥याए । सडन डेथमा पाहुना टोलीले ७ र आयोजकले ६ गोल गरेको थियो ।
खेलको म्यान अफ दी म्याच बनेको खेलाडी भुजेलले नगद १० हजार रुपैयाँसहित ट्रफी पाए । निर्धारित खेल समयमा १–१ गोलको बराबरीमा रोकिएको थियो । जसमा पहिलो गोल पनि पाहुना टोलीबाट हेमराज भुजेलले नै गोल गरी टिमलाई अग्रता दिएका थिए । सो अग्रतालाई आयोजकका बिनोद राईले गोल गर्दै रोकेका थिए । भोलिको खेल पाहुना टोली आरटीसी भुटानका विरुद्ध राजा क्लब इटहरीबीच हुँदै छ ।