धरान/आर्थिक अवस्था कमजोर भएर उपचार गर्ने नसक्ने विमारीहरुलाई केही राहत मिल्ने उदेशले सुनसरी उद्योग वाणिज्य संघ धरानले आर्थिकअवस कमजोर भएका विरामीहरुलाई सेवा पुराउने गरी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई औषधि प्रदान गरेको छ ।

 गर्मीका बढे संगै विभिन्न किसिमका रोगहरु फैलिएका हुदा त्यस्ता रोगलाई नियन्त्रण गर्ने नसक्दा वीपीमा झाडा, पखाला, दम, खोकी लगायतका विरामीहरुको चाप बढेका छन् ।  दीर्घकालिन रोगीको संख्या समेत बढ्दै गएकाले  त्यसलाई 

 मध्यनजर गरी सुनसरी उद्योग वाणिज्य संघले गरिब तथा असहाय विरामीलाई लक्षित गरी प्रतिष्ठानलाई विभिन्न प्रकारका औषधि वितरण गर्न प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादलाई औषधि हस्तान्तरण गरेका छन् ।

प्रतिष्ठानमा उपचार गर्ने आएका अशक्त,उपचार गर्ने नसक्ने विरामीहरुको पहिचान गरी  औषधि वितरण गर्न संघका अध्यक्ष विजय कुमार श्रेष्ठ आग्रह गर्दै ओैषधि प्रधान गरेको बताएका छन्।

गर्मी बढे संगै विमारी चाप समेत बढेको छ प्रतिष्ठानमा अहिले  प्रदेश १ लगाए अन्य ठाउँबाट उपचार गराउन आउने विमारीको संख्या दैनिकी  करिब ३ हजार देखि  ३५ सय सम्म  आउने गरेका छन्।

उक्त विमारी मध्ये  गरिब तथा असहायको संख्या पनि धेरै हुने गरेकाले त्यस्ता विरामाहरुलाई  नि:शुल्क  ओैषधी वितरण गर्ने बताएका छन्। 

यही समयमा डेंगु संक्रमण बढ्ने भएकोले पूर्व नियन्त्रणका लागि संघले डेंगु कीट , जीवन जल, पारा सिटामोल लगाएका विभिन्न प्रकार सिरिन्जहरु गरी ४ लाख भन्दा बढीको सामाग्री अस्पतालाई वितरण गरेको छ।

वाणिज्य संघले यस्ता किसिमको सहयोग उपलब्ध गराउँदा अस्पतालाई समेत सहयोग पुग्ने अस्पताल   निर्देशकले बताएका छन्।