सुनसरीकाे धरान उपमहानगरपालिका वडा नं.८ स्थायी ठेगाना भई हाल हङकङमा बस्दै आएका धरानेहरुकाे संस्था धरान-८ समाजकाे भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

समाजक अध्यक्ष वीर बहादुर श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा धरानबाट हङकङ आएकी समाजसेवी चन्द्र लिम्बुलाई सम्मान गरिएकाे थियाे । 

Messenger_creation_4deaaf47-b614-494f-9987-0c465f3f89b3

समाजक निवर्तमान अध्यक्ष विष्णु पाख्रिन, भुपु अध्यक्ष खड्ग मावो लगायतकाे उपस्थितिमा भएकाे भेटघाट तथा सम्मान कार्यक्रममा धरान-८ बासीहरुकाे उपस्थिति रहेकाे थियाे ।

जाेर्डन स्थित ब्रिटिस गाेर्खा क्लब एन्ड रेष्टुरेन्टमा भएकाे कार्यक्रम समाजका सचिव जिवन कुमार लिम्बुले सञ्चालन गरेका थिए ।