विजयपुर । धरान–३ स्थित बाबाधाम मार्गदेखि पिण्डेश्वर मन्दिर जाने बाटोको प्रवेशद्वार २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ ।

बिहीबार प्रवेशद्वारको उद्घाटन पिण्डेश्वर बाबाधाम समितिका संस्थापक अध्यक्ष तथा दाता कृष्णप्रसाद श्रेष्ठले गरे । प्रवेशद्वार धरान–३ स्थित गौधारा जाल्पा रोडमा रहेको छ । पित्तलको छानो लगाएर अष्टमण्डप सजावट गरी प्रवेशद्वार निर्माण गरिएको बाबाधाम मार्ग स्वागतद्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

उनका अनुसार २०७८ सालदेखि निर्माण थालिएको प्रवेशद्वार २५ लाख रुपैया लागतमा निर्माण भएको हो । उनले ८५ प्रतिशत जनसहभागिता र धरान–३ वडा कार्यालयको ६ लाख, उपमहानगरको १ लख ५० हजार रुपैयाँ लगानी रहेको छ । कोशी प्रदेशसभा सदस्य यसोदा कायस्थले जनसहभागिताबाट प्रवेशद्धार  निर्माण गर्नु उदाहरणीय काम भएको बताइन् ।

कार्यक्रममा धरान–३ का वडाध्यक्ष  विद्या शाक्य, धरान–४ वडाध्यक्ष धनबहादुर राई, धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बू, नेवा देय दबू कोशी प्रदेश अध्यक्ष ईन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

udhghatan