धरान । सुनसरी बडी बिल्डिङ सङ्घको अध्यक्षमा अमन श्रेष्ठ चयन भएका छन् ।

सोमबार धरानमा भएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । हाम्रो व्यायामशाला धरानका सञ्चालक उनी यसअघि सङ्घको सचिव थिए । त्यसैगरी उपाध्यक्षमा सन्तोष लिम्बू र युकेन्द्र राई चयन भएका छन् भने सचिवमा उत्तम खत्री, उप–सचिवमा अनुप सुवेदी र कोषाध्यक्षमा झुना राई चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा मिनु चाम्लिङ, रूपा तामाङ, मनोज राई, निग्रोज श्रेष्ठ, देव साह, मनिष लिम्बू, सुरज श्रेष्ठ, अमर राई (दीप), देउमान लिम्बू,  बिकी गोले र कौशलभगत प्रधानाङ्ग चयन भएका छन् ।

सुनसरी जिल्ला खेलकुद समितिका प्रमुख यादव कार्कीको प्रमुख आतिथ्यता र सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष रने थेवेको उपस्थितिमा समिति चयन भएको हो ।