हङकङमा ७ गोर्खा राईफल्सको १२२ औं वार्षिकोत्सव भव्य रुपमा मनाईएको छ । 

७ गोर्खा राईफल्सका अध्यक्ष लेफ्टिनेन्ट मणिप्रसाद राईको अध्यक्षता र भूतपूर्व गोर्खा सैनिक संघ हङकङका अध्यक्ष खड्ग राईको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केक काटेर शुभकामना आदान प्रदान गदैै वार्षिकोत्सव मनाईको हो ।

t gr (2)

हङकङको जोर्डन स्थित ब्रिटिस गोर्खा क्लब तथा रेष्टुरेन्टमा वार्षिकोत्सव मनाइएको हो । सो अवसरमा कोषाध्यक्ष हरिप्रसाद राईले वार्षिक प्रतिवेदन पेश गरेका थिए । वार्षिकोत्सव भूतपूर्व गोर्खा सैनिक परिवारले रमाईलोसँग भव्य रुपमा मनाएको कार्यक्रममा सञ्चालक तथा संघका सचिव उत्रशेर राईले जानकारी दिए ।