धरान /सरकारले लक्षित वर्गकोलागि  छुट्याएको बजेटबाट  धरान उपमहानगरपालिका वडा नम्बर  ३ समितिले ज्येष्ठ नागरिकहरुलाई भ्रमण लगेको छ।

लक्षित बर्गको लागि सरकारले छुटाएको  बजेटबाट वडामा रहेका ७० जना ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ।  

वडा  समितिले धार्मिक क्षेत्रको प्रवद्न गर्ने उदेश्यले धर्म प्रतिको आशता बढाउने योजनाले  भ्रमण संगै  ज्येष्ठ नागरिकको सम्मान स्वरुप वडाले छुट्याएको बजेटबाट पुर्वको निकै सुन्दर  नगरि अर्जुनधारा र सतासीधामको भ्रमणका गराएको।वडाध्यक्ष विद्या शाक्यले बताएका छन्।

बुद्धा उमेरका आमाबुवाको स्वास्थ्यमा ध्यान पुर्‍याएर सहज यात्रा गराउने उदेश्यले २ वडा बसको ब्यवस्था गरि भ्रमण गराएको उनले बताए 

उक्त एक दिने भ्रमण बाट ज्येष्ठ  नागरिकहरुले धेरै कुराको अनुभव गरेको आगामी दिनमा जेष्ठनागरिकलाई लक्षित गरेर भ्रमणका लागि उपयुक्त  बजेट छुट्याएर लामो दुरीको भ्रमण गराउने बताए ।

ज्येष्ठ नागरिकको विविध कार्यक्रममा परेको बार्षिक बजेटलाई सदुपयोग गर्दै भ्रमणमा लगि लगेको सचिव मदन ढकाले बताए ।

वडामा रहेका ज्येष्ठ नागरिकहरुको चाहाना  अनुसार झापाको सतासीधाम र अर्जुनधाराको तीर्थ स्थलमा ज्येष्ठ नागरिकलाई भ्रमण लगिएको  उनको बताए ।

  स्थानीय सरकारले बजेट छुट्याएर ७० बर्ष उमेर माथीका ७० जना बृद्धा आमाबुबाहरुलाई  घुमाउन लगेकोमा उनीहरु निकै हर्षीत भएको अभिव्यक्त दिएका अध्यक्ष शाक्यले  बताए ।

मुलुकमा संघीयता आएपछि र संविधान निर्माणपछि देशका तीन तहको सरकारले  नै ज्येष्ठ नागरिकको सम्मानका लागि बजेट छुट्याएर विविध कार्यक्रम गर्ने गरेका वडाले पनि ज्येष्ठ नागरिक लागि भ्रमणको आयोजना गरेको शाक्यले बताए ।