सङ्खुवा सभा चैनपुर नगरपालिकामा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार चैनपुर नगरपालिका वडा नम्बर –१ का ४२ वर्षीय दिलकुमार चोङ्वाङलाई प्रहरीले पक्राउ गरेको हो। चैनपुर नुनढाकी लिवाङ्टारबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मिडिया समन्वय अधिकृत इन्स्पेक्टर अशोककुमार जबेगुले जानकारी दिए।

चोङ्बाङलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरी जनाएको छ। कटुवा पेस्तोलसहित चोङ्वाङलाई मुलुकी अपराध संहिता २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा जिल्ला अदालत चैनपुर सङ्खुवासभाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।