उर्लाबारी/ रिलाइन्स बोर्डिङ स्कुल मधुमल्लाले अग्नि पिडीत बनेका व्यवसायीलाई आर्थीक सगै“ निशुल्क पठन पाठन गराउने भएको छ।

 विद्यालय प्रशासनको तर्फबाट लेखा अधिकृत भुवन राईले विहीबार अग्नि पिडित आफनो बिद्यँलयका अभिभावक समेत रहेका हर्क श्रेष्ठलाई नगद ५० हजार  प्रदान गर्दै आफनो बिद्यालयमा अध्ययनरत विद्यार्थीहरु हर्सिता र सुहाना श्रेष्ठको यो वर्षभरिको कुनै पनि शुल्क नलिने र बिद्यालयमा आवश्यक पर्ने बिद्यालय पोसाक र पाठ्य पुस्तक बिद्यालय आफैले बेहोर्ने बताएका छन।

पारिवारीक काममा मित्र राष्ट्र भारतको मुम्वाईमा रहेका बिद्यँलयका प्रिस्पिल सुभाष राईले घट्ना प्रति दुख व्यक्त गर्दै विद्यँलयले आपनो अभिभावकको घरमा परेको दुखमा सानो आर्थिक सहयोग र नानीहरुलाई पढाईमा प्रभाव नहोस भनेर स्कुल फि, पोषाक सहित संम्पूर्ण खर्र्च विद्यँलयले गर्ने बताएका छन । श्रेष्ठले संचालन गरेको होटलमा बैशाख १८ गते आगजनी हुदा“ घर सहित सवै जलेर नष्ट भएको थियो ।