पाँचथरको स्थीत खाल्डे माविका बिपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ।

स्व.खम्बसिं पौडेल स्मृति अक्षयकोषको १ लाख ५१ हजारको बार्षिक ब्याज रकमबाट विद्यालयका दश जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको हो ।

विद्यालयको ६३ औं स्थापना दिवसको अवसर पारेर अक्षयकोषको बार्षिक ब्याजदर बाट आएको १८ हजार रकमबाट विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदानगरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा अक्षयकोषदाता टंक पौडेलले जनाए ।

जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको पठनपाठनमा केहि हौसला मिल्ने साथै विद्यार्र्थीहरुले मन लगाएर अझ पढाइमा आर्कषण बढाउने उदेश्यले विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको पौडेलको बताएका छन् ।

त्यस्तै सोही कार्यक्रममा विद्यालयकी शिक्षक रिता निरौलाले आफ्नो जन्मदिनको अवसरमा ९ जना विद्यार्थीलाई ६ हजार ३ सय को ब्याग वितरणगरेकी छन्। उनले विद्यालयका बालबालिकाहरुलाई पाठयपुस्तक बोक्नको लागि सहज हुने भएकाले ब्याग बितरण गरेको बताइन्।

छात्रवृति वितरण कार्यक्रमका प्रमुख अथिति पाँचथर  वडा नम्बर १का  वडाअध्यक्ष देबेन्द्र लावतीले अक्षयकोष दाताले विद्यालयको शैक्षिक क्षेत्रमा सहयोग गरेको बताए। उनले वडा कार्यालयले पनि विद्यालयमा ५ लाख रुपैयाँसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। वडाले अक्षयकोषदाता खोज्ने त्यो सम्भव नभए वडाले रकम सहयोग
गर्ने लावतीले बताएका छन्।