श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत २८ गते बुधबार, १० अप्रिल २०२४, पिङ्गलनाम संवत्सर । चैत्र शक्ल पक्षको द्वितीया तिथि  १७ः५० बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र भरणी भोलि ०३ः२१ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः४४ बजे र सूर्यास्त ०६ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मानसमेत दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइ नजिकिनेछन् र मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ । अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चासो लिँदा व्यर्थै झमेलामा परिनेछ । कामका लागि निकै दौडधुप गर्नुपर्ला । आहार–विहारमा सजग रहनुपर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहबद्र्धक रहनेछ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ परिवेशमा पुगिनेछ, साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुविधा जुटाउन सकिनेछ । अरूको मन जित्न सकिनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्याङ्कन हुनेछ । विभिन्न अवसर प्राप्त हुन सक्छ।