धरान । धनकुटामा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका–१० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं. १० बस्ने ११ वर्षीया मनिश खतिवडा र धनकुटा नगरपालिका वडा नं.९ बस्ने १५ वर्षीय दीपेश ओझा रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।