विजयपुर । मोरङको विराटनगरस्थित इष्टर्न कलेजको खेलकुद सप्ताह सम्पन्न भएको छ ।

चैत १८ गते सप्ताह समापन भएको हो । ‘खेलकुद स्वास्थको लागि’ भन्ने नारासहित कलेजले विभिन्न खेलकुदका कार्यक्रम आयोजना गरेको थियो । सप्ताहमा कलेजले फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, चेस, हाजिरीजवाफ, डोरी तान र म्युजिकल चेयर प्रतियोगिता गरिएको जनाएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका डीन प्रा. ई. देवीप्रसाद भट्टराईलगायतले पुरस्कार वितरण गरे । कार्यक्रममा एन्फाका पूर्व सह–महासचिव वसन्त अर्याल, कलेजका निर्देशक प्रकाश मुन्दडा, प्राचार्य ई. अमित सुरानाले विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरे ।