धरान । झापा प्रहरीले झापाको कन्काई नगरपालिका–८ चारपाने घाघरपुरस्थित लोकमार्गबाट आइतबार बेवारिसे अवस्थामा माछा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब ४ सय ५० केजी माछा नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार रहु, सिलिङ तथा पम्प्लेट जातको माछा नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि, क्वारेन्टाइनका कर्मचारीहरूको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बेवारिसे माछा बरामद गरेको निमित्त सूचना अधिकारी इन्स्पेक्टर महेन्द्र पराजुलीले जानकारी दिए ।