गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ गरिएको छ । 

दुई दकशक नेपाली संगीत क्षेत्रमा क्रियाशील भुनव हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार सुप्तिहाङले जानकारी दिए । 

आन्दन अधिकारीले लेखेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार भएको हो । भिडियोमा बुद्धी तामाङ र रजनी गुरुङको मुख्य भूमिका देखाइएको छ । उत्तम हुमागाईंको छायांकनमा राजकिङ वाइवाको कोरियोग्राफी रहेको छ । 

गीत युट्युब च्यालन रोलेक्स इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो । गत शुक्रबार अपलोड गरिएको भिडियो हालसम्म १ लाख ८५ हजार पटकभन्दा बढी हेरिएको छ । भिडियोमा युवा अवस्थाको मित्रतापछिको प्रेमलाई ग्रामिण परिवेशमा चित्रण गरेर देखाइएको छ ।