बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशद्धार गेटअगाडी  राखिएका अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएको छ।

धरान उपमहानगरपालिका वडा नम्बर – १८ का अध्यक्ष  नरेन्द्र कुमार राई (प्रविण)र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहित सरोकारवालाहरुको उपस्थितिमा  सोमबारव्यवस्थापनको थालनी गरिएको हो।

 टेम्पो, सिटी सफारी, एम्बुलेन्स तथा मोटरसाइकल लगायतका सवारीसाधनहरुको अव्यवस्थित पार्किङका कारण प्रतिष्ठानमा उपचारका लागि आउने आगन्तुक तथा अन्य सवारीसाधनलाई समेत आवतजावतमा निकै अप्ठयारो पार्ने गरेको साथै त्यस्ता अव्यवस्थित पार्कीङबाट समस्या उत्पन्न भएपछि सुधारको प्रयत्न गरिएको वडा अध्यक्ष  नरेन्द्र कुमार राई (प्रविण) राईले बताएका छन्। 

 अस्पताल प्रवेशद्धारा गेटअगाडी ६ वटा टेम्पो र ४ वटा सिटी सफारीमात्रै पार्किङ गरिने बाँकी टेम्पो र सफारी बीपी सुन्दर बजारदेखि दक्षिणतर्फ सार्वजनिक शौचालयसम्म र मोटरसाइकल पार्किङ औषधी पसल एकतर्फि व्यवस्थित गरिनेछ।

20240401_080835

 एम्बुलेन्सहरु शिवमार्ग तर्फ व्यवस्थित गर्दै उक्त क्षेत्रमा ९ वटा संकेत वोर्डहरु र सवारी पार्किङका लागि सडकमा इनामेलले रेखा कोरिने र त्यसको सम्पूर्ण खर्च व्यवस्थापन वडा समितिले गर्ने अध्यक्ष राईले बताएका छन।

 निर्धारण गरिएका स्थानहरुमा मजदुरहरुकै तर्फबाट स्वयमसेवक परिचालन गरी नियमको पालना गराइने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताएका छन् । 

उनले सवारीसाधनको अस्तव्यस्तका कारण मजदुरहरुलाई समेत काम गर्न अप्ठ्यारो भइरहेको हुदा सबैको पहलमा नयाँ सिस्टम सुरु गर्दा सबैलाई यसले सहज हुने टेम्पो चालक सोवित राईले बताए। 

उक्त सवारी पार्कीङ व्यवस्थित गर्न  वडा नम्बर – १८ अध्यक्ष  नरेन्द्र कुमार राई (प्रविण), संगठनका अध्यक्ष मजदुर नेता भीमज्वाला राई, धरान नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला, सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहि दिलिप चौधरी, कान्तिपुर सेक्युरिटी कम्पनीका धरान प्रमुख दुर्गा पराजुली लगाएत स्थानीय र मजदुरहरुको उपस्थित रहेको थियो।