धरान–१५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धरान–५ स्थित तल्लो देउराली नमस्ते चोकका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । 

यस्तै सहकारीले धरान– ४ स्थित शिक्षा ज्योती आधारभूत विद्यालय वसन्तटारका  विद्यार्थीलाई समेत बिहीबार शैक्षिक सामग्री वितरण गरेको छ । 

सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत तल्लो देउरालीका ३५ विपन्न परिवारका बालबालिकालाई पेन्सिल, अभ्यास पुस्तिकालगायत सामग्री वितरण गरिएको अध्यक्ष नवीन मेन्याङ्बोले जानकारी दिए । 

यस्तै शिक्षा ज्योती आधारभूत विद्यालय वसन्तटारका ३३ जेहेन्दार विद्यार्थीलाई समेत सहकारीले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।  

विद्यालयका प्रधानाध्यापक मेनुका सापकोटाले आगन्तुक दाताहरुलाई स्वागत सम्मान गरेकी थिइन् । विद्यालयमा १ सय १२ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक सापकोटाले जानकारी दिइन् । महिला शिक्षकद्वारा अध्यापन गराइने विद्यालयमा धरानका ग्रामीण भेगका विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।