अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताको छनोट चरणमा धरान-१५ स्थित हिविसकस इङ्लिस स्कुल प्रथम भएको छ ।

प्रतियोगितामा सहभागी २० विद्यालयलाई पछि पार्दै हिविसकसकी सुप्रिया तामाङ प्रथम भइन् ।  उनी कक्षा-११ मा अध्ययनरत कानुन विषयकी छात्रा हुन् ।

एजुकेटर्स अफटिमिस्ट इन्टरनेशनल क्लब धरानको आयोजनामा भएको प्रतियोगितामा उपविजेतासमेत हिविसकसकै दिविका राई बनिन् । प्रतियोगितामा धरान– १७ स्थित एक्वा सेकेण्डरी इङ्लिस स्कुलकी कक्षा-१० की छात्रा संगीना राई तेस्रो भइन् ।

आयोजक क्लबका अध्यक्ष विजय सिं थेवेले प्रतियोगितामा छनोट भएका विद्यार्थीले अप्रिल १५ मा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए ।

राष्ट्रिय प्रतियोगितामा छनोट भएको खण्डमा क्यानाडामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीले नेपालबाट प्रतिनिधित्व गर्न पाउनेछन् ।
प्रतियोगितामा अंग्रेजी विषयका वरिष्ठ शिक्षक नयन राई र अविगेल गुरुङ निर्णायक थिए ।