धरान । धरान–१६ नम्बर वडा बाल सञ्जालद्वारा आयोजित वडास्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार धरान–१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा जेनिथ  इङ्लिस स्कुल प्रथम भएको छ । त्यस्तै सिद्धार्थ स्कुल दोस्रो र लिगामेन्ट स्कुल तेस्रो भएका छन् । प्रतियोगितामा धरान–१६ का जम्मा ६ वटा विद्यालय सहभागी थिए । १६ नम्बर वडा कार्यालयको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष मुरारी भट्टराई, शारदा बालिका स्कुलका प्रधानाध्यापक धर्मनारायण सिंहलगायतले ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरेका थिए ।