धरान । एम्स क्रिएटिभ ग्रुपको आयोजनामा एम्स कलेज परिसरमा शुुक्रबार सांस्कृतिक कार्यक्रम सम्पन्न बनएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजातिको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । ग्रुपका अध्यक्ष अंकित श्रेेष्ठका अनुसार नेवारी, लिम्बू, राई, तामाङ लगायत जातिका नृत्य प्रस्तुत गरेका थिए ।

FB_IMG_17092662618152483

प्रत्येक वर्ष गरिँदै आएको कार्यक्रम अन्तर्गत यो छैटौं संस्करण हो । युवा पुस्तामा संस्कृतिप्रति जागरण ल्याउन कार्यक्रम आयोजना गरिएको शेैक्षिक शाखाका संयोजक हेमन्त भण्डारीले जानकारी दिए ।

FB_IMG_17092662912373944

FB_IMG_17092662801154403