श्री शालवाहनीय शाके १९४५ ने‍‍‍‍.सं‍‍ ११४४ वि.सं. २०८० साल फागुन ९ गते बुधबार, २१ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ शुक्लपक्षको द्वादशी तिथि ११ः४५ बजेसम्म उप्रान्त त्रयोदशी, नक्षत्र पुनर्वशु १४ः३२ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६ः३६ बजे र सूर्यास्त ०५ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ।छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिम्मेवारी पाए पनि उपलब्धिका लागि समय लाग्नेछ। अरूकै विवादमा मुछिनाले समस्या आइपर्ला।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदा सामान्य भए पनि व्यवसाय गर्न समय लाग्नेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। काम रोकिनाले लक्ष्यमा विलम्ब हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खानपान र भेटघाटमा अलमल हुनाले चिताएका काममा बाधा हुनेछ । अरूको भर पर्दा पछि परिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । तर विगतका कमी कमजोरी बाहिरिनाले विश्वास गुम्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन नगरी काम थाल्दा खर्च मात्र हुनेछ। सरसापटमा सञ्चित रकम बाहिरिन सक्छ।