श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन ६ गते आइतबार, १८ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर। माघ शुक्ल पक्षको नवमी तिथि ०८ः३१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रोहिणी ०९ः३६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः३९ बजे र सूर्यास्त ०५ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति प्राप्त हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। दिन रमाइलो रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।अरूको करकापमा काम गर्न बाध्य भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फजुल खर्च बढ्नाले सञ्चित रकमसमेत खर्च हुनेछ। उधारोमा व्यापार गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनु पर्ने स्थिति आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गलत व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ। उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयआर्जनका स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आलश्य गर्नाले काम सम्पादनमा भने धेरै समय लाग्न सक्छ। आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा गएको रकम हातलागी हुनेछ।