पूर्वी नेपालमा विज्ञापनको बजार विस्तार र व्यवस्थित गर्न साथै बेरोजगारीको समस्या निरुत्साहित गर्न स्थापित पाथीभरा एड्भरटाइजिङ प्रा.लि र पाथीभरा जब लिङ्क प्रालिले स्थापना वर्ष मनाएको छ ।

एक दशक अघि वसन्त पञ्चमीको अवसर पारेर उद्घाटन गरिएको इटहरीमा प्रधान कार्यालय रहेको पाथीभरा एड्भरटाइजिङ प्रा.लि दसौं वर्षमा प्रवेश गरेको छ । यस्तै विज्ञापनको क्षेत्रसँगै बेरोजगारीको समस्या समाधान गर्ने उद्देश्यले स्थापित पाथीभरा जब लिङ्क प्रालि पाँचौं वर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा प्रालिले विविध कार्यक्रमको आयोजना गरी स्थापना वर्ष मनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन अधिकारीले जानकारी दिए ।

कम्पनीप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यम, कर्मचारी र शुभेच्छुकमा कम्पनीले कृतज्ञता व्यक्त गरेको छ ।

पाथीभरा जब लिङ्कले बेरोजगार युवालाई रोजगारी प्रदान गर्दै आएको छ भने एडभरटाइजिङ कम्पनीले कोशी प्रदेशमा रहेर स्थानीय र राष्ट्रिय रूपमा विज्ञापनको क्षेत्रमा काम गर्दै आएको छ ।