सरस्वती पुजाको अवसर पारेर धरान  वडा नम्बर – १६ रहेको सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले शैक्षिक सामग्री वितरण गरेको छ।

बुधबार  समुदायमा आधारित रहेको स्थानीय प्रगति बाल विकास केन्द्रलाई मन्टेश्वरीकी सञ्चालिका ओमु कुमारी राईले सामग्री हस्तान्तरण गरेकी छन्।

मन्टेश्वरीले कपि ,पेन्सिल,इरेजर, क्राउन, ब्लाङ कपि, लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो। मन्टेश्वरीले सरस्वती पुजाकै अवसर पारेर अक्षरशुभारम्भ कार्यक्रम समेत गरेको छ। उक्त कार्यक्रमा साना –साना बालबालिकाहरुलाई पारिवारिक वातावरणमा अध्यापन गराउँनुका साथै चिकित्सकीय सेवाको समेत व्यवस्था गरेको छ।