श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन  १ गते मङ्गलबार, १३ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर। माघ शुक्ल पक्षको चतुर्थी तिथि १५ः०१ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरभाद्रपदा १२ः५२ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०६ः४३ बजे र सूर्यास्त ०५ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अवसर प्राप्त भए पनि आलश्य गर्ने बानीले समस्या निम्त्याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
 परिवारमा असमझदारी बढ्न सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका काममा सोचेजस्तै सफलता मिल्नेछ र मनग्य धनलाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। धेरैले आफ्नो कामको तारिफ गर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत बढाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले सफलता दिलाउनेछ।स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नाले दौडधुप गर्नुपर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछन्।