उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीले हरेक वर्ष प्रदान गर्दै आएको ‘हिसान शिक्षा पत्रकारिता पुरस्कार’ द्वारा ब्लाष्टका कार्यकारी सम्पादकसहित तीनजना पत्रकारलाई पुरस्कृत गरेको छ। 

हिसानको १० औँ स्पोटर््स मिट समापनको अवसरमा सुनसरीको इटहरीस्थित कस्तुरी कलेजको प्राङ्गणमा आयोजित कार्यक्रममा कार्यकारी सम्पादकभोजराज श्रेष्ठ, कान्तिपुर टिभीका अर्जुन सुवेदी र गोरखापत्रका जयकृष्ण यादवलाई सम्मान–पत्र, नगद र दोसल्लासहितले सम्मानित गरिएको छ। 

हिसानकासचिवहेमन्तभण्डारीका अनुसार शिक्षा क्षेत्रमा योगदान दिँदै आएका पत्रकारहरूलाई विगत वर्षदेखि नै शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको थियो। सोहीअन्तर्गत यसपटक तीन जनालाई सम्मानित गरिएको हो। कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष युवराज शर्मा,केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, जिल्ला सल्लाहकार राजेन्द्र गुरुङ, हिसान सुनसरी अध्यक्ष सागरप्रसाद भट्टराईलगायतले पुरस्कार वितरण गरे। 

कार्यक्रमकाप्रमुख अतिथिसमेत रहेका केन्द्रीय उपाध्यक्ष शर्माले अबको शिक्षा सैद्धान्तिक ज्ञान दिएर मात्रै सम्भव नहुने बताए। उनले व्यावहारिक शिक्षा दिँदै प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए। उनलेभने, ‘डिजिटल तथा एआईको युगमा हामी प्रवेश गरिसकेका छौँ, अबको शिक्षामा पनि त्यहीअनुसार आफूलाई परिवर्तन गर्नुपर्छ।’ नेपालमा १८ वटा विश्वविद्यालयहरू रहे पनिकक्षा १२ पछि विद्यार्थीहरू विदेश पलायन हुने समस्या व्यापकरूपमा निम्तिँदै गएकाले यसमा सरकार साथै निजी तथा संस्थागत शिक्षालयहरूले पनि गम्भीर भई सोच्ने दिन आएकोबताए। 

‘हाम्रो शिक्षा प्रणालीलाई परिवर्तन गर्न आवश्यक भइसकेको छ’– उनले भने । विशेष अतिथि रहेका सल्लाहकार घिमिरेले शिक्षालाई व्यवहारमुखी बनाउन आवश्यक रहेको बताए। उनले शिक्षाले नागरिकलाई सचेत बनाउने मात्रै नभई आर्थिक उपार्जनको केन्द्र पनि बन्नुपर्ने बताए। हिसान स्पोर्ट्स मिट सुनसरीमा आबद्ध कलेज तथा स्कुलहरू सहभागी बनेका थिए। माघ १५ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत बुद्धिचाल, फुटबल, कविता, वक्तृत्वकला, क्रिकेट, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, हाजिरीजवाफ, हिसान रन, भलिबल, नृत्य, चित्रकला, एथलेटिक्सलगायतका २७ वटाभन्दा बढी खेलहरू खेलाइएको थियो।