पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित खाल्डे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।आइतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयबाट सेवानिवृत्त भएका प्रधानाध्यापक एगेन्द्र बहादुर खड्का र उनकी श्रीमती गीता खड्काले परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन । प्रधानाध्यापक दम्पतीले स्वगीय मातापिताको स्मृतिमा ‘खड्ग पद्मा खड्का स्मृति अक्षयकोष’ स्थापना गरेका छन ।

पाँचथर र मोरङ जिल्लामा ३४ वर्षसम्म शिक्षण पेशामा आवद्ध भएका खड्का २०८० बैसाखबाट सेवानिवृत्त भएका थिए । उनि श्रोतव्यक्ति, कुम्मायक गाउँपालिका शिक्षा अधिकृत र खाल्डे माध्यमिक विद्यालयको प्रध्यानाध्यापक भएर सेवानिवृत्त भएका हुन । शिक्षक सेवाबाट बाहिरिने क्रममा उनले विद्यालयमा २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए ।

सोही प्रतिवद्धता अनुसार खड्काले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले परिवारको स्मृतिमा अक्षयकोष स्थापना गरेको बताए । अक्षयकोष रकमलाई कसरी कुन प्रयोजनमा खर्च गर्ने भन्ने बिषयमा आवश्यक छलफल गरेर निर्णयमा पुग्ने जनाए ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष देबेन्द्रकुमार लावतीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा खड्काले महत्वपूर्ण योग्दान पु¥याएको भन्दै प्रशंसा गरे । गाउँपालिकाले सामुदायिक विद्यालयमा लगानी गर्दै आएको बताउँदै दाताको सहयोगले शैक्षिक क्षेत्रको गुणस्तर सुधारमा थप बल पुग्नेमा बिश्वस्त भएको बताए । अक्षयकोष स्थापना कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।