विजयपुर । धरानमा विद्युतीय गाडीको शोरुम खुलेको छ । शुक्रबार धरान–८ स्थित भोटेपुलमा शोरुमको उद्घाटन गरिएको छ ।

धरान– ८ वरगाछीस्थित सिर्जना मोटर्स प्रा.लि.ले विद्युतीय गाडीको शोरुम सञ्चालनमा ल्याएको एक महिना नपुग्दै २० वटा गाडी बुकिङ भएको छ । गाडी २० देखि ३० प्रतिशत डाउनपेमेन्टमा उपलब्ध हुने शोरुमले जनाएको छ । एसआरएम ११ सिटरको बजार मूल्य ४५ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ भने  स्काइ वेल १४ सिटरको मूल्य ५८ लाख ३० हजार निर्धारण गरिएको छ । इच्छुकले १३ लाख ६५ हजार रुपैयाँ डाउनपेमेन्ट र ६० महिनाको इन्स्टलमेन्टमा मासिक ७३ हजार २ सय ८६ रुपैयाँ बुझाउन सक्दा विद्युतीय गाडी प्राप्त गर्न सक्ने कम्पनीका सञ्चालक दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

५ वर्ष वा २ लाख किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी रहेको विद्युतीय गाडी नेपालमा पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.आधिकारिक बिक्रेताका रूपमा रहेको छ । प्रतिकिलोमिटर २ रुपैयाँ खर्चमा हिँड्न सकिने गाडी तीन भेरियण्टमा उपलब्ध छन् । डिउल (ग्रे ह्वाइट), सिल्भर, ह्वाइट, स्कुलका लागि पहेँलो रङमा उपलब्ध छ । सञ्चालित शोरुममा सेल्स, सर्भिस र स्पेयर्स सेवा पनि उपलब्ध छ । आगामी दिनमा १४ सिटर, १६ सिटर १९ सिटरमा विद्युतीय गाडी धरानमा उपलब्ध हुने सञ्चालक चौधरीले बताए ।

साइनरी मोटर्स कम्पनीको उत्पादन विद्युतीय गाडी एसआरएम चाइनाको मार्केटमा लिडिङ गर्ने कम्पनी रहेको सन्चालक चौधरीले बताए । उनका अनुसार एसआरएम– डिसी फास्ट चार्जरमा ४५ मिनेटमा २० देखि ८० प्रतिशत चार्ज हुनेछ । ०–१०० चार्ज हुन १ घण्टा समय लाग्नेछ । फुल चार्ज हुँदा तराईमा ३ सय किमी रेन्ज र पहाडी क्षेत्रमा १९० देखि २ सय किमी रेन्ज दिन्छ । ओरालोमा रिजेनेरेशन सिस्टम रहेको विद्युतीय गाडी अन्य कम्पनीभन्दा २० प्रतिशत रिजेनेरेशन चार्ज दिने र पर–आवर ९ किमीमा रिजेनेरेशन उपलब्ध छ ।

ब्याट्री क्षमता ४१.८६ किलोवाट र मोटरको क्षमता ६० किलोवाट रहेको छ । टर्क क्षमता २ सय २० एनएम रहेको छ भने ग्राउण्ड क्लियरेन्स १ सय ८० एमएम रहेको छ । टप स्पीड १ सय किमी रहेको गाडीमा अगाडि–पछाडि क्यामेरा रेकर्डिङसहित उपलब्ध छ भने एभीएस सिस्टम ब्रेक रहेको छ ।

विद्युतीय गाडीका अन्य विशेषतामा चाइल्ड सेफ्टी लक, एयर कण्डिसन एचभीएसी, पावर विण्डो, फग ल्याम्प, रिभर्स क्यामेरा विथ पार्किङ सेन्सर, मल्टिफङ्सन डिस्प्ले, कि–लेस इण्ट्री, लुकिङ ग्लासमा टर्न सिग्नल रहेको छ । साथै ब्याट्री– लिथियम आइरन फोस्फेट (सिएटीएल) र चार्जिङ टाइप– जिबी÷टी रहेको छ । शोरुममा स्पेयर्स पार्ट्स कम मूल्यमा उपलब्ध गराउने पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.का श्याम ढुङ्गेलले जानकारी दिए ।

shrijan1