धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठानको वेथिती कारण लामो समय देखि प्रतिष्ठानमा भएको हरताल, बन्दले दैनिकी उपचारमा आउने विमारीहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै धराने जन्ता सडकमा उत्रिएका छन्। 

धरान वडा नम्बर –१८ का अध्यक्ष प्रविन राईको अगुवाइमा प्रतिष्ठानकका उपचारको सबै सेवा सुचारु गर्ने शान्तिपूर्ण र्याली निकालिएको थियो। डाक्टर, कर्मचारीहरुको माग जाहेज भएतापनि प्रतिष्ठानका पदअधिकारी,कर्मचारी,डाक्टरहरु छलफलमा बसेर भित्रको सम्स्या भित्रै मिलाउनु पर्ने । तर डाक्टर र कर्मचारीहरुको बढुका कारण सर्वसाधारण र जन्ताहरुलाई  उपचारमा दुख दिन नहुने भन्दै  धरानका नागरिकहरु प्रतिष्ठानका ठप्प भएका उपचारका सम्पूर्ण सेवाहरु भोलिबाट  सुचारू गर्न अध्यक्ष सहित धरानका नागरिकहरुले शान्तिपूर्ण  र्याली निकालि प्रतिष्ठानको गेट अगाडि पुगेर टुगिएको थियो।   

जन्तालाई उपचारको सेवा प्रदान गर्ने पुर्वकै उत्कृष्ट मानिएको हस्पिटलका डाक्टरहरु नै आन्दोलित भएपछि टाढा– टाढा बाट उपचारकालागि आएका विमारीहरले निकै सास्ती भोग्नु परेको गुनासो वडा कार्यलयमा दैनिक  २० – २५ जनाको फोन आउने गरेको हुदा जन्ताले उपचारसेवा तत्काल प्रदान गर्ने यो शान्तिपूर्ण आन्दोलन गरि खबरदारी गरेको अध्यक्ष राईले बताएका छन्। 

IMG20240128122314

यदि यो र्यालीलाई वेवास्ता गरे धरानका सम्पुर्ण नागरिक आन्दोलनमा उत्रिने समेत राईले चेतावानी दिएका छन्। प्रतिष्ठानका डाक्टर ,कर्मचारी र शिक्षाहरुले राजनीतिकरण नगरि  प्रतिष्ठानमा छलफल गरि यो समस्या छिटोभन्दा छिटो टुगाउन र प्रतिष्ठानका सबै सेवा सुचारू गर्ने खबरदारिको यो एउटा ट्रेलर मात्रै रहेको बताए। धराने नागरिकले प्रतिष्ठानमा रहेका ३६ जना भाइरस कर्मचारी ,डाक्टरहरुलाई छानि –छानि   कार्वाही गर्ने समेत चेतावनी दिएका छन्।

वडामा दर्ता भएका १ सय ४७ वटा मेडिकलमा प्रतिष्ठानका डाक्टरहरुको लगानी भएका छन्। यहाँ भागबन्डा नमिल्दा र सिण्डिकेटमा ओैषधी बिक्रीवितरण गर्ने प्रविधिले गर्दा कर्मचारी हस्पिटलमा भन्दा प्रतिष्ठानको गेट अगाडी चियागफ गरेर समय विताउने गरेको  उनले खुलासा गरेका छन्।

छलफलमा  एउटा बोल्ने ब्यवहारमा ती कुरा लागू नहुदा प्रतिष्ठानमा समस्या बढदै गएको उनको भनाई छ। त्यस्ता कर्मचारी, डाक्टरहरुलाई एक हप्ता भित्र कार्वाहीको दायरामा  गर्ने अध्यक्ष राईले बताए।