वराहक्षेत्र नगरपालिका–२ बयरवनस्थित बीपी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ । 

बुधबार कक्षा १ देखि ५ कक्षासम्मका ७५ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीले बालबालिकालाई कपडा वितरण गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गुरागाईंले बताए  । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवदत्त राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य रहेका थिए । उनले विद्यालयको साना विद्यार्थीको स्वास्थ्यका लागि विद्यालयको पहल उदाहरणीय रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल वराह वाहिनी पकलीका ४ नम्बर गणका प्रमुख लोकेश लिम्बू, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख तिलक प्रसाईं, वराहक्षेत्र–२ का अध्यक्ष होमप्रसाद गौतम, इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख इन्स्पेक्टर राम तिमिल्सिनालगायतको उपस्थिति थियो ।

BP School Chatara