श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल माघ ७ गते आइतबार, २१ जनवरी २०२४, पिङ्गलनाम संवत्सर। पुष शुक्ल एकादशी तिथि १९ः४८ बजेसम्म,  उप्रान्त द्वादशी, नक्षत्र रोहिणी भोलि ०४ः११ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नभए पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ। दिन सामान्य रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्ने योग छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्याङ्कन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछ। काममा सोचेजस्तै सफलता मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा लगानी गरे मनग्य धनलाभ हुनेछ। आलश्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ।