दसैं मैझारो उन्मुख छ । राजधानी नै खाली गरेर घर हानिएका परदेशी पुनः कर्मस्थल फर्कंदैछ्न् । चतरा हुँदै राजधानी फर्कनेको शुक्रबार सप्तकोशी नदी पुलमा लर्को लागेको छ ।

धरान- चतरा, इटहरी- चतरा हुँदै मदन भण्डारी राजमार्गबाट  भिमान हुँदै राजधानी जाने अधिकांश साना तथा निजी सवारी चतरा हुँदै राजधानी हानिएका छन् ।

चाडपर्वमा रुटपर्मिट खुल्ला भएकाले पनि अधिकांश सवारी भिमान- गाईघाट- चतरा हुँदै पूर्वी पहाड र तराईतर्फ आउनेजाने गरेको कोसी पुल चतरा पोस्टका ट्राफिक प्रहरी जवान राजन नेपालीले जानकारी दिए ।
बिहान ६ बजेदेखि ७ बजेसम्म खोटाङ, सोलुलगायतका पहाडी क्षेत्र जाने  यात्रुवहाक सवारी साधन समेत उत्तिकै देखिएका छन् ।
बिहान ६ बजेदेखि ७ बजेसम्म ३५ बढी यात्रुवाहक सवारीमा टाइम कार्ड लगाएको उदयपुरस्थित बेलका कोठु प्रहरी चेकपोस्टले जानकारी दिएको छ ।

दसैं तिहार अघि सुरु भएको टाइमकार्ड पूर्वबाट गाईघाटसम्म चल्ने सवारीलाई अनिवार्य लगाउने गरेको पोस्टका प्रहरी हवल्दार युवराज लुइँटेलले जानकारी दिए ।
अधिकांश घुम्ती बाटो भएकाले टाइमकार्ड लगाउनु परेको प्रहरीले जनाएको छ । कोठु प्रहरी पोस्टबाट गाईघाटका ९४ मिनेट निर्धारण गरिएको छ ।

सुनसरीतर्फ चतराघाट प्रहरी चेकपोस्टले उदयपुर, सोलु, खोटाङका पूर्वी पहाडी क्षेत्र चल्ने सवारीको तथ्यांक राख्ने गरेको छ । बिहान ६ बजेदेखि ७ बजेसम्म २० बढी सुमो मदन भण्डारी राजमार्ग चतरा हुँदै पहाडी क्षेत्र लागेका छन् ।