दसैं । घर जाने चटारो । गाडी पाउनै मुस्किल । देशभित्रकै परदेशी वा देशबाहिरको परदेश । दसैं आउन लागेपछि दिनगन्ती सुरु हुन्छ । अगाडिअगाडि नै टिकट कसरी पाउने होला भन्ने पिर बढ्छ । दशमीको पाँचौं दिन आज धरानबाट पूर्वी पहाड जाने बसहरु एकाबिहानै छुटेका छन् । धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, संखुवासभा, ताप्लेजुङका मान्छे बिहानै बसको टिकट काटेर कतिबेला बस छुट्ला भनेर कुरेर बसेका छन् । 

किन हो, दसैंको उत्साहमा ह्रास आउँदैछ । महामारी, आर्थिक मन्दीले पनि होला कोही उत्साहित छैनन् । व्यापारी, उद्योगी, मजदुरमा निराशा छाएको छ । त्यस्तै निराशा यातायात मजदुर र व्यवसायीमा छ । 

साविकमा धरानबाट दसैंको सिजनमा पहाड जाने ६० वटा बस छुट्थे । अनि, सय–डेढसय साना सवारी । अहिले मुस्किलले २५ वटा बस धरानको भानुचोकबाट छुट्छन् । आजमात्रै हिजोअस्तिका तुलनामा केही सवारी बढी छुटे । भानुचोक बस काउन्टरका इञ्चार्ज जनक लिम्बू भन्छन्, ‘पालो काट्दै बस्नुपरेको छ ।’

पहाड जाने यात्री धरान झर्न छाडे । बाइपास भयो धरान । पहाड जाने ट्रान्जिट रहेन धरान । साविकमा काठमाडौं, विराटनगर, इटहरी, काँकडभिट्टा र पश्चिमका शहरबाट यात्रीले धरान झर्नुपथ्र्यो । धरानबाट बस समातेर पहाड चढ्नुपथ्र्यो । तर अहिले पूर्वका विभिन्न शहर र राजधानीबाट सिधै पहाडतिर सवारी चल्छ । 

विराटनगर, इटहरी हुँदै पूर्वबाट २५ बढी बस सिधा पहाडतिर हुँइकिन्छन् । काठमाडौंबाट भोजपुर, खाँदबारी र तेह्रथुम ठूला बस चल्छन् । अहिले धरानले मन्दी खेप्नु परेको छ । यातायात व्यवसायमा ह्रास आयो । सानाठूला व्यापारीको कारोबार सुक्यो । 

आज दसैंको पाँचौं दिनमा भानुचोकबाट बस छुट्यो । 

तस्बिरहरुमा हेर्नुहोस्ः

Dharan to Pahad bus blastkhabar.com

Dharan to Pahad bus blastkhabar.com (1)

Dharan to Pahad bus blastkhabar.com (2)

Dharan to Pahad bus blastkhabar.com (3)

Dharan to Pahad bus blastkhabar.com (4)

Dharan to Pahad bus blastkhabar.com (5)

Dharan to Pahad bus blastkhabar.com (6)

Dharan to Pahad bus blastkhabar.com (7)

Dharan to Pahad bus blastkhabar.com (8)

Dharan to Pahad bus blastkhabar.com (9)

Dharan to Pahad bus blastkhabar.com (10)

Dharan to Pahad bus blastkhabar.com (11)