सुनसरीका छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुई पैदलयात्री घाइते भएका छन् ।

स्कुटरले पैदलयात्रीलाई ठक्कर दिइ दुर्घटना हुँदा वराहक्षेत्र १ चतरा बजारमा एक पैदलयात्री र स्कुटरमा सवार घाइते भएका छन् । 

यस्तै मोटर साइकलको ठक्करबाट रामधुनी ५ झुम्कामा एक पैदलयात्री गम्भिर घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीका १ सय ४९ जना आइतबार ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । कारबाहीबाट ९५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । 

दुई वटा दुर्घटनामा १ जना गम्भीर र २ जना सामान्य घाइते भएका छन् । आइतबार १८ पटक सञ्चालन गरिएको ट्राफिक जनचेतनामा ६ सय ९४ जना सहभागी भएका छन् । 

हेर्नुहोस् पूर्ण विवरणः

TU-28-Asoj